मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

विपदमा सहयोग गर्न राष्ट्रिय युवा संघ मोरङद्वारा क्विक रेस्पोन्स टीम गठन

मोरङ खबर 421+ समाचार ( )
२७ असार २०८१, बुधवार

मोरङ । राष्ट्रिय युवा संघ मोरङले जिल्लाभित्र हुनसक्ने प्राकृतिक तथा दैविक प्रकोपहरुमा परिचालन गर्ने उद्देश्यका साथ क्विक रेस्पोन्स टीम गठन गरेको छ । शनिबार केराबारीमा सम्पन्न जिल्ला कमिटीको सचिवालय बैठकले जिल्ला अध्यक्ष प्रविण घिमिरेको अध्यक्षतामा क्विक रेस्पोन्स टीम गठन गरेको हो । टीममा जिल्ला कमिटी सचिवालय सदस्यहरु तथा १७ वटै पालिकाका अध्यक्षहरु सदस्य रहेका छन् । 

  पछिल्लो केहिदिनदेखि लगातार भएको वर्षाका कारण जनधनको क्षति भएकाले तत्काल राहत तथा उद्धारको काम गर्ने उद्देश्यका साथ क्विक रेस्पोन्स टीम गठन गरिएको संगठन विभाग प्रमुख मनोज दाहालले जानकारी दिनुभयो । विपद्को समयमा स्थानीय पालिकाहरु र प्रहरी प्रशासनसँग समेत समन्वय गरि काम गर्ने उहाँको भनाइ छ । 

  यसैगरी राष्ट्रिय युवा संघ मोरङले साउन ५ गते उर्लाबारीमा वृहत रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालहरुमा मानव जीवनका लागि अत्यावश्यक रगतको अभाव हुन नदिनका सहयोग पुगोस् भन्ने उद्देश्यले वृहतरुपमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको दाहालले जानकारी दिनुभयो । उर्लाबारीमा गरिने रक्तदान कार्यक्रमा त्यस क्षेत्रका संगठन र पार्टीका नेताकर्ताहरु तथा सर्वसाधारण समेत सहभागी हुने बताइउको छ ।    

यसैगरि बैठकमा केन्द्रीय कमिटिको सर्कुलर बमोजिम “संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको“ भन्ने नाराका साथ एक महिने वृक्षारोपण अभियान अन्तरगत सबै पालिकाहरुमा साउन १५ गते सम्ममा वृक्षरोपण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले साउन १९ गते जिल्ला कमिटिको पुर्ण बैठक बस्ने र राष्ट्रिय युवा संघ नेपाल केराबारी गाउँ कमिटि इञ्चार्जको जिम्मेवारी सचिवालय सदस्य देवीलाल लिम्बूलाई दिने पनि निर्णय गरेको छ । यसैगरि मोरङ जिल्लाबाट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित हुने उर्गेन तामाङ, भक्त राई र अरुण गुरुङलाई बधाइ ज्ञापन गरिएको छ । 

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकमा नेकपा एमाले जिल्ला कमिटि मोरङका सचिव रविन थापा, नेकपा एमाले मोरङ जिल्ला कमिटिका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख सन्तोष वान्तावा, नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्य तथा युवा फाँट इञ्चार्ज मुकेश बुढाथोकी, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज मनोज राई, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटि सदस्यहरु किरण लामा, उर्गेन तामाङ, राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटि उपाध्यक्ष जयप्रकाश रायमाझी र राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटि सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार