मुख्य समाचार
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा | नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा | शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’ | बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने | असार महिनामा सवारी व्यवस्थापनसम्बन्धी भएका कामको प्रहरीले गरायो जानकारी | अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने | लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि | नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता | संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त |

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा

मोरङ खबर 444+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

काँकरभिट्टाः पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२\८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको हो ।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१\८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी राजस्व उठेको हो ।

राजस्व सङ्कलनमा ११ प्रतिशत वृद्धि भए पनि कार्यालयले तोकिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आर्थिक वर्ष २०८२\८३ का लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले करिब ९३ प्रतिशत मात्र प्रगति हासिल गरेको जनाएको छ ।

यस नाकाबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् । पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ ।

काँकरभिट्टा नाका पूर्वी नेपालको आयात–निर्यात व्यापारका लागि महत्वपूर्ण प्रवेशद्वार मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार