मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

कन्यादेवी आधारभुत विद्यालय लेटाङ-१ कटहरेको २९ औं वार्षिकोत्सव सम्पन्न (भिडियोसहित)

मोरङ खबर 421+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

-तिलक राई

लेटाङ । कन्यादेवी आधारभुत विद्यालय लेटाङ—१ कटहरेको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तिकुमार लिम्बूको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख लावतीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने भन्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पहिले निकै समस्याग्रस्त रहेको यस विद्यालयको अवस्थामा निकै सुधार आएको भन्दै उहाँले अझ सुधार ल्याउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । नगर प्रमुख लावतीले विद्यालयको विकासका लागि प्राथमिकताका आधारमा प्रस्ताव लिएर आए नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिर्ख बहादुर राईले विद्यालयको कार्यप्रगती तथा भावि योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयमा आवश्यक परेका विभिन्न विषयवस्तुका बारेमा जानकारी गराउनुभयो । 

सो अवसरमा विद्यालयको विकासमा योगदान दिएको भन्दै पहाडी ग्रामिण विकास संस्था हडर्नका कार्यक्रम संयोजक सुरेश अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा साग्मा माध्यमिक विद्यालय लेटाङ-१ का प्रधानाध्यापक डिल्ली प्रसाद अधिकारी, हडर्नका कार्यक्रम संयोजक सुरेश अधिकारी र स्थानीय समाजसेवी धन बहादुर राईले समेत मतव्य राख्नुभयो । 

कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कापि र कलम प्रदान गर्दै पुरस्कृत गरिएको छ । यस्तै विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई हर्डनको ग्रामिण शिक्षा परियोजनामार्फत पुरस्कार प्रदान गरिएको छ । मेनोनाईट सेन्ट्रल कमिटी नेपालको सहयोगमा पहाडी ग्रामिण बिकास संस्था हडर्नमार्फत सञ्चालित ग्रामिण प्राथमिक शिक्षा परियोजनाको सहयोगमा ५ वर्ष यता निरन्तररुपमा वार्षिकोत्सव कार्यक्रममा सहयोग उपलब्ध गराउने गरिएको छ ।

कार्यक्रममा अभिभावकहरुका लागि म्युजिकल चियर र हन्डी फोर प्रतियोगिताका साथै भाग्यचिठ्ठा खेल खेलाइएको थियो । कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु र शिक्षकहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार