मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा फागुन १३ गतेदेखि दादुरा रुवेला खोप अभियान सुरु हुँदै (हेर्नुहोस् वडागत खोप तालिका)

मोरङ खबर 407+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

लेटाङ । लेटाङ नगरपालिकाले दादुरा रुवेला खोप अभियान सञ्चालनका लागि वडागत रुपमा तालिका निर्माण गरेको छ । लेटाङ नगरपालिकाले शुक्रबार नगरपालिकामा सञ्चारकर्मी लगायतका सरोकारवालाहरुसँग खोप अभियानको विषयमा छलफल गर्दै वडागत कार्यतालिका बारे जानकारी गराएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव रिजालले लेटाङ नगरपालिकामा फागनु १३ गतेदेखि नगरका विभिन्न विद्यालयमा दारुरा र रुवेला खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई तोकिएको मितिमा नगरका हरेक वडाका विभिन्न विद्यालयमा विहान साढे १० बजेदेखि खोप लगाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

दादुरा रुवेला खोप अभियानका क्रममा ५ वर्ष मुनिका बालबालिकाको छुट भएका डीपीटी, हेप वी हिव, पीसीभी तथा एफआइपीभी खोप समेत लगाइने हुँदा खोप कार्ड अनिवार्य रुपमा लिएर आउन समेत शाखा प्रमुख रिजालले अनुरोध गर्नु भएको छ । उहाँले दादुरा र रुवेला खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभयो ।

छलफलमा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, उद्योग वाणिज्य संघका प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, पत्रकारहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यसैबीच खोप अभियानको विषयमा लेटाङ नगरपालिकाका वडा वडामा समेत सरोकारवालाहरुसँग छलफल र अन्तरकृया कार्यक्रम गरिएको छ ।

लेटाङ नगरपालिकामा सञ्चालन गरिने दादुरा रुवेला खोप अभियानको वडागत तालिका निम्नानुशार रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार