मुख्य समाचार
आज पनि सप्तरीको राजविराज र बोदेबर्साइनमा अनिश्चितकालीन कर्फ्यु | देवानगञ्ज घटनाका पीडित परिवार र सरकारबीच भयो सहमति, मृतकलाई शहीद घोषणा गरिने | आज साउन १५, खीर खाने दिन | प्रधानमन्त्री बालेन शाहले गरे देशवासीका नाममा सम्बोधन, यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ | देवानगञ्ज घटनाका मृतकका परिवारलाई गृहमन्त्री र स्वास्थ्यमन्त्रीले आज भेट्ने | प्रि ओपनमै उच्च अङ्कले घटेको शेयर बजारमा आज लगातार चौथो दिन गिरावट | सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु, गोलबजारको एबी मलमा आगजनी | सिरहामा भएको झडपमा गोली लागेका एक जनाको मृत्यु | देवानगञ्ज घटनाका अर्का घाइतेको पनि मृ#त्यु | आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस |

आज साउन १५, खीर खाने दिन

मोरङ खबर 517+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

लेटाङ । आज घरघरमा खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको विश्वास गरिन्छ । रोपाइँ सकिएको वा सकिन लागेको समयमा र गाईवस्तुले प्रशस्त दूध दिने समयमा खीर खाने चलन चलेको हुन सक्ने अनुमान गरिन्छ ।

धानको चामल, साबुदाना, सेवइ, मकै, गाँजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।

२०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, असार १५ मा दहीचिउरा खाने, ऋषिपञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन क्वाँटी खाने, हरिबोधिनी एकादशीका दिन पिँडालु र सुठुनी खाने, माघ १ गते तिलको लड्डु र तरुल तथा माघ १५ गते मालपुवा खाने चलन नेपाली समाजमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार