मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग

मोरङ खबर 394+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

विराटनगर  । राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघले आफ्नो छैटौँ वार्षिकोत्सवको खर्च कटाएर महानगरका बाढीपीडितका आर्थिक सहयोग उपलब्ध गराएको हो । बिहीबार महानगरमा पुगेर संघका पदाधिकारीहरुले मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । 

विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाललगायतले मेयर कोइरालालाई चेक हस्तान्तरण गर्नुभयो । वार्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यसपटक बाढीपीडितका लागि सहयोग गरेको संघका सचिव नरेन्द्र दंगालले जानकारी दिनुभयो ।

मेयर कोइराला र वडाध्यक्ष पोखरेलले सहयोग रकम प्रदान गरेकोमा संघलाई धन्यवाद व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिका ८ नम्बर वडा कार्यालयको मातहतमा छुट्टै राहत कोष स्थापना गरेर रकम जम्मा गरि वडा नम्बर ८ का बाढीपीडितलाई राहत उपलब्ध गराइने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार