मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

विपद्को समयमा कार्यालय नछाड्न निर्देशन

मोरङ खबर 421+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

लेटाङ ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।

मन्त्रालयले विपद्को संवेदनशील समयावधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ ।

देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ । कुनै प्रकारको बिदामा रहेको भए उक्त बिदा छोट्याई यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ ।

विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

कुनै विशेष कारणवश कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिई जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालय छाड्न मन्त्रालयले पत्राचार गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार